इजरायल र हमासबीच युद्धविराम दुई दिन लम्ब्याउने सहमति, थप बन्धक छाडिँदै

नेपालभ्युज

इजरायल र हमासबीच युद्धविराम दुई दिन लम्ब्याउने सहमति, थप बन्धक छाडिँदै
फाइल तस्वीर

काठमाडौं । इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको छ ।

पहिलो पटक गरिएको ४ दिने युद्धविरामको समय सकिनै लाग्दा नयाँ सहमति बनेको हो ।

मध्यस्थता गरिरहेको कतारले सोमबार बेलुका इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेको छ ।

युद्धविरामको चौथो दिन रिहा हुने बन्धकको नाममा पनि सहमति बनेको छ । इजराइलका प्रधानमन्त्रीको एक्स हैंडलबाट यसबारे जानकारी दिइएको छ ।

पोस्टका अनुसार सहमतिपछि छुट्न लागेका बन्धकको परिवारलाई यसबारे जानकारी गराईसकिएको छ । अर्को एक पोस्टमा मिडियालाई साबधानी र जिम्मेवारीपूर्वक काम गर्न पनि अपिल गरिएको छ ।

सोमबार राति हमासद्वारा ११ बन्धक रिहा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ । त्यसको बदलामा इजरायलले ३३ बन्दी छाड्नेछ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved