समिति सभापतिको बैठकमा सभामुखले भने- सरकारले बजेटमा नियन्त्रण गर्दा काम गर्न गाह्रो भयो

नेपालभ्युज

समिति सभापतिको बैठकमा सभामुखले भने- सरकारले बजेटमा नियन्त्रण गर्दा काम गर्न गाह्रो भयो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् ।

सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारे सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलमा संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेका छन् । उनले नियमित समयबाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको बताए ।

विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भएपनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि बजेट कम हुँदै गएको उनको भनाइ थियो ।

सभामुख घिमिरेले बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved