केपी ओली कप क्रिकेट : आर्मीले एमबीएसए-ब्लुलाई हरायो

नेपालभ्युज

केपी ओली कप क्रिकेट : आर्मीले एमबीएसए-ब्लुलाई हरायो

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमी (एमबीएसए)–ब्लुलाई पराजित गरेको छ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा आर्मीले एमबीएसएलाई ११० रनले पराजित गरेको हो। १९६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको एमबीएसए १५.४ ओभरमा८५ रनमा अलआउट भयो।

एमबीएसएको लागि निर्भिक पाठकले २८ र रणवीर यादवले १६ रन बनाए। आर्मीको लागि कुशल मल्लले ३, जितेन्द्र मुखिया, शाहाब आलम र २–२ तथा बिबेक यादव र रोहित पौडेलले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १९५ रन बनायो। आर्मीको लागि सन्तोष कार्कीले ४१ र कप्तान विनोद भण्डारीले ३८ रन बनाए।

एमबीएसएको लागि मेहूल श्रेष्ठले २ तथा कौशल रुपाखेती, शुभम खनाल र धवन सहानीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved