प्रिमियर लिग : युनाइटेडले एभर्टनलाई घरेलु मैदानमा हरायो

नेपालभ्युज

प्रिमियर लिग : युनाइटेडले एभर्टनलाई घरेलु मैदानमा हरायो
तस्वीर : म्यान्चेष्टर यूनाईटेड/फेसबुक

काठमाडौं। इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले एभर्टनलाई पराजित गरेको छ।

आइतबार भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई ३–० गोलअन्तरले पराजित गरेको हो। युनाइटेडका लागि गार्नाचो, मार्कस रासफोर्ड र एन्थोनी मार्शलले गोल गरे।

खेलको तेस्रो मिनेटमा डियोगो डालोटको पासमा गार्नाचोले बाइसाइकल शैलीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ५६ औँ मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै यूनाईटेडको लागि दोस्रो गोल गरे।

युनाइटेडको लागि मार्शलले ७५ औँ मिनेटमा तेस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved