एनएसएलमा आज झापा र इलाम भिड्दै

नेपालभ्युज

एनएसएलमा आज झापा र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग फुटबल एनएसएलमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दैछन् ।

एनएसलको दोस्रो संस्करणबाट लिगमा डेब्यु गरेका यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने छ ।

स्पोर्टिङ इलाम एनएसएलको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग पराजित भएको थियो । झापा भने आज पहिलो पटक मैदान उत्रदै छ ।

यसअघि हिजो साँझ भएको खेलमा साविक उपविजेता धनगढीले नवप्रवेशी वीरगंजलाई २–१ गोल अन्तरले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved