केपी ओली कप क्रिकेट : पुलिसले मधेसलाई हरायो

नेपालभ्युज

केपी ओली कप क्रिकेट : पुलिसले मधेसलाई हरायो

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ।

पोखरा रंगशालामा आईतबार भएको खेलमा नेपाल पुलिसले मधेसलाई ५७ रनले पराजित गरेको हो।

१७६ रनको लक्ष्य पछ्याएको मधेस १८.२ ओभरमा ११८ रनमा अलआउट भयो। मधेशको लागि रुपेश सिंहले ४० र इम्रान शेखले २२ रन बनाए। पुलिसको लागि रशिद खान, ललित राजवंशी, ,सागर ढकाल र करण केसीले २–२ तथा कुशल भुर्तेल र सुनिल धमलाले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७५ रन बनायो। पुलिसका लागि कुशल भुर्तेलले शतकीय पारी खेले। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १०३ रन बनाए। सुनिल धमलाले ४७ बलमा ४ चौका प्रहार गर्दै ४५ रन बनाए। मधेसको लागि विशाल पटेल र विशाल शुशलिङले २–२ तथा रुपेश सिंहले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved