काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
पोखरा रंगशालामा आईतबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ५ रनले पराजित गरेको हो। १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा अलआउट भयो। गण्डकीको लागि सुदिप अर्यालले ३५ र कप्तान विपिन खत्रीले १९ रन बनाए। लुम्बिनीको लागि मोहम्मद हुसेनले ४, अजय लुनियाले ३, रमेश कुर्मीले २ तथा अभिषेक गौतमले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०३ रन बनायो। लुम्बिनीको लागि नर सार्की र धुव्र सार्कीले २३–२३ रन बनाए। गण्डकीको लागि अमृत गुरुङले ३, चन्द्र पौडेलले २, तथा विपिन खत्री, सुदिप अर्याल र दिनेश बुढामगरले १–१ विकेट लिए।
समूह बीको अन्तिम खेलमा गण्डकी पराजित भएसँगै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको छ। यस समूहको ३ टोलीले नै १–१ खेल जितेसँगै रनरेटको आधारमा एपीएफ समूह विजेता बन्यो। एपीएफ १.८९९ रनरेटले शीर्ष स्थानमा रहँदा, –०.००८ रनरेटसहित गण्डकी दोस्रो र –१.९७५ रनरेटसहित लुम्बिनी तेस्रो स्थानमा रह्यो।
Facebook Comment
Comment