भारतको उपहार ‘मुर्रा’ राँगा तीनवटै प्रजनन कार्यालय पुगे, वीर्य संकलन गरिँदै

नेपालभ्युज

भारतको उपहार ‘मुर्रा’ राँगा तीनवटै प्रजनन कार्यालय पुगे, वीर्य संकलन गरिँदै
फाइल फोटो

काठमाडौं । भारतले उपहार स्वरूप दिएका ‘मुर्रा’ राँगा तीन वटै स्थानमा रहेका ‘राष्ट्रिय पशु प्रजनन’ कार्यालयमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबिच दुई पक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो ।

प्रचण्डको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा राँगालाई बुधबार राती नेपालगन्ज ल्याइएको थियो ।

भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्जसम्म ल्याएर पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा शुक्रबार तीन वटै पशु प्रजनन केन्द्रमा पुर्‍याइएको हो ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जकी सूचना अधिकारी इन्दु रेग्मीका अनुसार पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा ५ वटा र राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट बाँकेमा ३ वटा राँगालाई पुर्‍याइएको छ ।

भारतबाट ल्याइएका सबै राँगाको स्वास्थ्य चेकजाँच गरियो । सबै राँगा स्वस्थ रहेको कुरा पशु चिकित्सकले प्रमाणित गरेकमा छन् । त्यसपछि बिहीबार दिउँसो देखी नै सम्बन्धित ठाउँमा पु¥याउन सुरु गरिएको थियो । अहिले सम्म सबै ठाउँमा राँगा पुगिसकेका छन् ।

राँगा तीन वटै स्थानका पशु प्रजनन कार्यालयमा पुगिसकेकाले अब उनीहरुलाई केही दिन तालिम दिइने पशु चिकित्सकले बताएका छन् । तालिम पश्चात् उनीहरुको वीर्य संकलन गरिनेछ । भैँसीको कृत्रिम गर्भाधानमा प्रयोग गरिनेछ ।

यी राँगाहरू नेपालका भैँसीहरुको दुध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गर्ने पशु सेवा विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved