एनएसएल : ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

नेपालभ्युज

एनएसएल : ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा ललितपुर सिटी एफसीले  बुटवल लुम्बिनी एफसीलाई हराएको छ ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा ललितपुरले लुम्बिनीलाई २-० ले पराजित गरेको हो ।

२६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको ललितपुरका लागि अनन्त तामाङले ६ मिनेटपछि नै अर्को गोल थपेका थिए ।

यसअघि  भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved