डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्‍यो

नेपालभ्युज

डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्‍यो

काठमाडौं । डाबर नेपालले भूकम्पपीडितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग ऐक्यबद्धतामा उभिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved