योनीबाट आवाज किन आउँछ ? अपनाउनुहोस् यस्तो उपाय

नेपालभ्युज

योनीबाट आवाज किन आउँछ ? अपनाउनुहोस् यस्तो उपाय

एजेन्सी । पेटमा बन्ने ग्यास तथा वायुका बारेमा त तपाईंलाई थाहै होला । तर कहिलेकाँही तपाईंले ध्यान दिनुभएको छ होला योनीबाट पनि ग्यास निस्किएको जस्तो आवाज आउने गर्छ ।

आखिर योनीबाट आवाज किन आउँछ ? यो कस्तो खालको समस्या हो र कसरी ठिक पार्न सकिन्छ ? त्यस्ता उपाय बारे जानौं ।

योनीबाट आउने आवाजलाई सजिलो भाषामा वेजाइनल फार्ट अर्थात योनी वायु भनिन्छ । यसलाई क्वीफ पनि भनिन्छ ।

यो आवाज प्रायः शारीरिक सम्बन्ध राखिरहेका क्रममा वा कसरत गर्ने समयमा योनीद्वारबाट आउने गर्छ । जसमा कुनै पनि प्रकारको दुर्गन्ध भने हुँदैन । यो हावा मात्र हुन्छ, जो योनीभित्र फसेको हुन्छ ।

कसरत गर्नाले पनि धेरै महिलाले यसबाट छुट्कारा पाउँछन् । योनीबाट आउने आवाजबाट छुट्कारा पाउन तपाईं पेल्विक फ्लोर मसल्सको कसरत गर्न सक्नुहुन्छ ।

त्यस्तै किगल एक्सरसाइज पेल्विक एरियालाई बलियो बनाउनका लागि सहयोगी हुन्छ । किगल मसल्सको प्रयोग तपाईं पिसाबलाई रोक्नका लागि गर्नुहुन्छ ।

यो गर्नका लागि सिधा पल्टनुहोस् । त्यसपछि शरीरको तल्लोभागलाई माथि उठाउनुहोस् र सामान्य स्वास लिँदै ५–६ सेकेन्डका लागि किगल मसल्सलाई खुम्च्याउनुहोस् । त्यसपछि सामान्य हुनुहोस् ।

त्यस्तै पुतली अर्थात बटरफ्लाई पोज पनि योनीका लागि एकदमै राम्रो कसरत मानिन्छ । यसलाई नियमित गरेर तपाईं योनी वायुलाई बाहिर निकाल्न सक्नुहुन्छ ।

योनीबाट हावा जानुलाई सामान्य समस्या मानिन्छ । यो समयसँगै आफै हराएर पनि जान्छ । त्यसैले यसले दुख्ने वा अन्य समस्या हुँदैन । यसका लागि चिन्ता लिनुपर्ने आवश्यकता हुँदैन । यो कुनै पाचनसँग जोडिएको समस्या पनि होइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved