एजेन्सी । बलिउडमा कयौं त्यस्ता कलाकार छन् जो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका छन् ।
परिवारका सदस्य वा अभिभावक राजनीतिमा भए पनि उनीहरु भने विशुद्ध कलाकार भएर आफ्नो जीवन बिताइरहेका छन् ।
यस्तो कलाकारमा नम्बर एकमा पर्छन् रितेश देशमुख । रितेश महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासराव देशमुखका छोरा हुन् ।
त्यस्तै सलमान खानका ज्वाईं तथा कलाकार आयुष शर्माका बुवा अनिल शर्मा हिमाचल प्रदेशका विधायक रहिसकेका छन् ।
‘तुम बिन २’ की अभिनेत्री नेहा शर्मा बिहारका विधायक अजित शर्माकी छोरी हुन् भने अभिनेता अरुणोदय सिंह मध्य प्रदेशका एक राजनीतिक परिवारसँग सम्बन्धित छन् ।
चर्चित अभिनेत्री भूमि पेडनेकरका बुवा सतीश पेडनेकर महाराष्ट्रका राजनेता थिए ।
अभिनेत्री सोनाक्षी सिन्हाका परिवारका सदस्यले कलाकारितासँगै राजनीतिक जीवन बिताइरहेका छन् । जसमा सोनाक्षी सिन्हाका भाईं लव सिन्हाको नाम पनि यही लिस्टमा सामेल छ ।
उनीहरुका पिता सत्रुघन सिन्हा कुनै समयका स्टार कलाकार र पछिका राजनीतिज्ञ हुन् । उनीहरुको घर बिहारको पट्नामा छ ।
Facebook Comment
Comment