काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा गण्डकीले एपीएफलाई ४ विकेटले पराजित गरेको हो। १०२ रनको लक्ष्य गण्डकीले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
१९.४ ओभरमा अमृत गुरुङले अरुण ऐरीको बलमा छक्का प्रहार गर्दै गण्डकीलाई जिताए। गण्डकीको लागि मुस्कान थापाले २५ र दिनेश बुढामगर २४ रन बनाए। एपीएफको लागि अविनाश बोहोराले २, तथा इर्शाद अहमद, अरुण ऐरी र अमर रौतेलाले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको एपीएफ १८.४ ओभरमा १०१ रनमा अलआउट भयो। एपीएफका लागि कप्तान प्रदिप ऐरीले २० तथा भुवन कार्की र सुमित महर्जनले १४–१४ रन जोडे। गण्डकीका लागि बिपिन खत्री, अमृत गुरुङ, चन्द्रा पौडेल र कमल परियारले २–२ तथा सुदिप अर्याल र दिनेश बुढा मगरले १–१ विकेट लिए।
Facebook Comment
Comment