जिवितै रहेका व्यक्तिको मृत्यु दर्ता, श्रीमतीले एकल महिलाको भत्ता खाएपछि…

नेपालभ्युज

काठमाडौं । जिवितै रहेका श्रीमानलाई मृत्यु दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिलाको भत्ता खुवाएको आरोप लागेका एक वडासचिवविरुद्ध मुद्दा दर्ता भएको छ । उनीसँगै एकल महिलाको भत्ता खाने निर्मला खत्रीविरुद्ध पनि मुद्दा दर्ता भएको हो ।

रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध मृत्यु दर्ताको प्रमाण पत्र बनाएर श्रीमतीलाई सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा गरेको हो ।

महतोले श्रीमती निर्मला खत्रीसँग मिलेमतो गरी जिवित श्रीमानको मृत्यु भएको बद्नियतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । गलत लिखित तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानीनोक्सानी पुर्‍याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved