चिसोमा कपालको स्याहार गर्ने तरिका

नेपालभ्युज

चिसोमा कपालको स्याहार गर्ने तरिका

एजेन्सी । जाडो मौसम सुरु भएसँगै कपाल झर्ने, अल्झिने तथा चायाँ आउने समस्या बढेर जान्छ । आउनुहोस् यस मौसममा कपालको रेखदेख कसरी गर्ने भन्ने केही टिप्स जानौं ।

तातो पानीले नधुने

कपाललाई भुलेर पनि तातो पानीले धुनुहुँदैन । यसले कपाल रुखो तथा कमजोर हुन्छ, साथमा स्काल्पको छाला पनि सुख्खा हुन्छ जसले गर्दा चायाँको समस्या झनै बढ्छ । त्यसैले सामान्य चिसो पानीले नै कपाल धुने गर्नुहोस् ।

ट्रिम गर्ने

जाडोमा तलको भागमा दुईमुखे कपालको समस्या प्राय बढ्छ । जसले गर्दा कपाल अझिल्ने तथा झर्ने समस्या हुन्छ । त्यसैले समय समयमा कपाललाई ट्रिम गर्नुहोस् ।

तेल लगाउने

हप्तामा कम्तीमा एक पटक तेलले मालिस गर्नुहोस् । यसका लागि नरिवलको तेल वा तोरीको तेललाई मनतातो बनाएर प्रयोग गर्नुहोस् ।

डीप कन्डीशनिंग

कपाललाई प्राकृतिक रुपमै चम्किलो तथा बलियो बनाउन प्राकृतिक हेयर मास्कको प्रयोग गर्नुहोस् । यसका लागि अन्डा, एलोवेरा जेल, दही आदिको प्रयोग गर्न सकिन्छ ।

कपाल सुकाउने

जाडोमा कपाल धोइसकेपछि सुकाउनु एकदमै जरुरी हुन्छ । जहिले पनि घाममै वा प्राकृतिक रुपमै सुकाउनुहोस् । अत्यधिक हेयर ड्रायरको प्रयोग नगर्नुहोस् ।

चायाँको समस्या

चिसो हावाले गर्दा कपालमा चायाँको समस्या हुने गर्छ । यसका लागि दहीमा कागती मिसाएर कपालमा लगाउन सकिन्छ । त्यस्तै तेलमा कागती मिसाएर पनि कपाल तथा जराहरुमा मसाज गर्दा चायाँ कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved