प्राधिकरणले भारतलाई चार महिनामा बेच्यो १२ अर्बभन्दा बढीको बिजुली

नेपालभ्युज

प्राधिकरणले भारतलाई चार महिनामा बेच्यो १२ अर्बभन्दा बढीको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा प्राधिकरणले १२ अर्ब ५० करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको को सोही अवधिको तुलनामा यस वर्ष प्राधिकरणले ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बढीको विद्युत् बेचेको हो ।

प्राधिकरणले गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved