केपी ओली कप क्रिकेट : बागमतीको विजयी सुरुवात

नेपालभ्युज

केपी ओली कप क्रिकेट : बागमतीको विजयी सुरुवात

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी (एमबीएसए) रेडलाई १०९ रनले पराजित गरेको हो।

१८५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको एमबीएसए १४.२ ओभरमा ७५ रनमा अलआउट भएको हो। एमबीएसएका लागि कप्तान अमन मिश्राले १३ र विजय प्रजापतिले १३ रन बनाए।

बागमतीका लागि सन्दीप लामिछानेले ४, सुवास खत्रीले ३, प्रतिस जिसीले २ तथा रिजन दाहाल १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८४ रन बनायो। बागमतीको लागि रित गौतमले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७४ रन बनाए। शुभ कंस्कारले २७ रन जोडे। एमबीएसएको लागि बिप्रासन केसीले ३ तथा सन्तोष यादव र सन्देश थापाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved