केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

नेपालभ्युज

केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उदघाटन गरेका हुन् ।

पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ ।

प्रतियोगितामा ७ प्रदेश, विभागीय – नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका २ गरी १२ टिमको सहभागिता छ ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved