शास्त्र अनुसार सुनको चुरा लगाउँदा हुन्छन् यस्ता फाइदा

नेपालभ्युज

शास्त्र अनुसार सुनको चुरा लगाउँदा हुन्छन् यस्ता फाइदा

एजेन्सी । गुरुसँग सम्बन्धित धातु सुनले शरीरलाई शुद्ध मात्र नराखेर यसले कैयौं राशीका मानिसलाई फाइदा पनि गर्दछ । हातमा सुनको चुरा वा बाला लगाउँदा कयौं लाभ हुने शास्त्रमा बताइएको छ । आउनुहोस् यसबारे जानौं ।

  • सुनको सम्बन्ध बृहस्पति ग्रहसँग मानिएको छ । यस्तोमा सुनको चुरा धारण गर्नाले बृहस्पति ग्रह बलियो हुन्छ र जीवनमा धन तथा सुख समृद्धिको आगमन हुने मान्यता छ ।
  • यदि विवाहित महिलाले सुनको चुरा लगाउँछिन् भने यसले वैवाहिक जीवन खुशियालीपूर्ण हुन्छ भन्ने मान्यता छ । यसले आपसमा प्रेम पनि बढ्छ ।
  • रत्नशास्त्रका अनुसार हातमा सुनको चुरा लगाउँदा ग्रह दोषबाट पनि मुक्ति पाउन सकिन्छ । यो एउटा एकदमै राम्रो तथा भाग्यशाली धातु हो ।
  • सुनको चुरा लगाउँदा भाग्योदय हुन्छ । साथमा चुरा लगाइरहने गरेमा जीवनमा खुशियाली आउने मान्यता छ ।
  • रत्नशास्त्रलाई मान्ने हो भने हातमा सुनको चुरा लगाउँदा सन्तान सुखको कामना पनि पुरा हुन्छ । सुन लगाउँदा सन्तान पक्ष बलियो हुन्छ ।
  • सुन एउटा शीतल धातु हो । यसलाई धारण गर्नाले शरीरसँगै मन पनि शीतल तथा शान्त रहन्छ ।
  • सुनको चुराले ऋणबाट मुक्ति पाइनुका साथै आयस्रोत पनि बढ्ने शास्त्रमा उल्लेख छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved