शास्त्र अनुसार मृत्युको समयमा यस्ता चीज नजिक हुँदा स्वर्ग गइन्छ !

नेपालभ्युज

शास्त्र अनुसार मृत्युको समयमा यस्ता चीज नजिक हुँदा स्वर्ग गइन्छ !

एजेन्सी । जीवनको अटुट सत्य भनेको मृत्यु हो । मानिसले एक दिन यो संसारलाई छोडेर जानै पर्छ ।

हिन्दु धर्ममा आत्मालाई कर्मका अनुसार स्वर्ग वा नर्क प्राप्त हुने मान्यता छ । शास्त्रका अनुसार मानिसको मृत्युको समयमा केही त्यस्ता चिज सँगै वा नजिक भएमा उसको स्वर्गमा वास हुने मान्यता छ ।

आउनुहोस् यसबारेमा जानौं ।

तुलसी

पुराणहरुका अनुसार जुन घरमा तुलसीको विरुवा हुन्छ उक्त घरमा भगवानको बास हुन्छ ।

त्यसैले मृत्युको नजिक भएका मानिसको छेउमा परिवारका सदस्यले तुलसीको विरुवा ल्याएर राख्दिनु पर्दछ ।

मृत्यु हुने व्यक्तिको निधारमा तुलसीको पात राखिदिनु पर्दछ । मृत्यु भइरहेको व्यक्तिको मुखमा पनि तुलसी राख्न सकिन्छ ।

यसले व्यक्तिलाई स्वर्गलोक प्राप्त हुने मान्यता छ ।

भागवद् गीता

मृत्युको समयमा भागवद् गीताको पाठ सुन्नु पनि शुभ मानिन्छ । यसले व्यक्तिलाई प्राण त्याग्न सजिलो हुन्छ भनिन्छ । यस्तो व्यक्तिलाई यमदुतले छुन सक्दैनन् भन्ने मान्यता पनि छ ।

कुश

कुशलाई हिन्दु धर्ममा एकदमै पवित्र मानिन्छ । मृत्युको समयमा तुलसीको विरुवाको साथमा कुशको आसन बिछ्याएर मर्ने व्यक्तिलाई सुताइदिनु भन्ने मान्यता पनि छ । यसो गर्नाले उसलाई बैकुन्ठमा स्थान प्राप्त हुने विश्वास गरिन्छ ।

गंगाजल

गंगाजललाई सबैभन्दा पवित्र जल मानिन्छ । यस्तोमा मृत्युको समयमा व्यक्तिको मुखमा सबैले गंगाजल राखिदिने गर्छन् । गरुड पुराणअनुसार गंगा जलले पापहरुलाई नाश गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved