धनगढीमा पनि भेटियो एक महिलाको शव

नेपालभ्युज

धनगढीमा पनि भेटियो एक महिलाको शव
सांकेतिक तस्वीर।

धनगढी । धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार महिलाको शव पहिचान भइसकेको छैन। उनको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved