हमास-इजरायलबीच सहमति : ४ दिनका लागि अस्थायी युद्धविराम, ५० जना बन्धक रिहा गरिने

नेपालभ्युज

हमास-इजरायलबीच सहमति : ४ दिनका लागि अस्थायी युद्धविराम, ५० जना बन्धक रिहा गरिने

काठमाडौं । हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ।

झन्डै डेढ महिनादेखि जारी युद्ध ४ दिनका लागि अस्थायी रुपमा रोक्ने दुवै पक्षबीच सहमति भएको हो।

इजरायल र हमासबीच बहुप्रतिक्षित सहमति भएसँगै हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई रिहा गर्ने बताएको छ।

बीबीसीका अनुसार सुरुवाती चरणमा ५० जना बन्धकलाई रिहा गरिनेछ। जसमा महिला र बालबालिका रहनेछन्।

त्यसपछि ४ दिनसम्म अस्थायी रुपमा युद्ध रोकिने छ। त्यसबाहेक सहमतिमा थप ५० जना बन्धकलाई रिहा गर्न एक दिन अझै युद्ध विराम गरिने पनि उल्लेख छ।

मङ्गलवार इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले ५० जना बन्धकलाई रिहा गर्ने पुष्टि गर्दै ४ दिनका लागि अस्थायी रुपमा युद्ध विराम गरिने पुष्टि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved