हमाससँग युद्ध विरामका लागि इजरायलको मन्त्रिपरिषद्मा मतदान हुँदै

नेपालभ्युज

हमाससँग युद्ध विरामका लागि इजरायलको मन्त्रिपरिषद्मा मतदान हुँदै

काठमाडौं । प्यालेसटाइनको बिद्रोही समूह हमाससँगको युद्धविरामका लागि इजरायलको मन्त्रिपरिषद्मा आज मतदान हुँदैछ ।

इजरायल र हमास बीच वार्ताको मध्यस्थता गरिरहेको कतारले सम्झौताको नमुना पठाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मतदानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न चाँडै शुभ समाचार आउने बताए ।
इजरायलको मन्त्रिपरिषद्को युद्धविराम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा बन्धक रिहा गर्नेबारे छलफलका लागि मन्त्रिपरिषदको विशेष बैठक बोलाएको उल्लेख छ । सम्झौतालाई मन्त्रिपरिषद् र सरकार दुवैमा छलफलमा ल्याइ निर्णय गर्नुपर्ने व्यवस्था छ । यसअघि हमासका नेता इस्माइल हनियाहले पनि समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved