काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको छ ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटारमा भएको छलफलपछि यस्तो सहमति जुटेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार आपसी सहमतिमा नै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार उक्त भेटवार्ता भएको हो ।
‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा हामी एकतावद्ध र प्रतिवद्ध छौँ।’ भनेर तीनवटै नेताले प्रतिबद्धता जनाएको आचार्यले बताए ।
Facebook Comment
Comment