विश्वका प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्सना

नेपालभ्युज

विश्वका प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्सना

काठमाडौं । विश्वका प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्सना कपाली परेकी छिन् । बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिलाको सूचीमा रुक्सना पनि परेकी हुन् ।

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी हुन् ।

एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ ।

बीबीसीले सन् २०२३ मा राखेको प्रभावशाली महिलाको सूचीमा अमेरिकी पूर्व प्रथम महिला एवं लेखक मिसेल ओबामा, बलिउड अभिनेत्री दिया मिर्जालगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved