युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग

नेपालभ्युज

युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्पपीडितलाई राहत सहयोग प्रदान गरेको छ । विभिन्न सामग्रीसहित युनिलिभरले एक करोड रुपैयाँ प्रदान गरेको हो ।

जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका पीडितहरुका लागि तत्काल आवश्यकताका सामग्रीहरु हस्तान्तरण गरिएको छ । युनिलिभरले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ सहयोग गर्दै पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री प्रदान गरेको हो ।

युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिनको लागि सहयोग गरेको जनाएको छ । सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved