फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान गाजा पुग्यो

नेपालभ्युज

फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान गाजा पुग्यो

राफा । इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भने, “अक्टोबर ७ पछि प्रत्येक दिन सयौं घाइतेहरूको आगमन र हवाई आक्रामक जारी छ । घाइते र बिरामीहरूलाई लिनको लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

गाजामा करिब ३० हजार घाइते व्यक्तिहरूले उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण पनि थिए भने करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

हप्तौंदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका अधिकांश अस्पतालले काम गर्न छाडेका छन् । गाजास्थित ‘मेडिकल एड’का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताए ।

याघीले एएफपीसँग भने, “सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रवाह गर्नेछन् ।”

जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायतालिएर गाजा पुगेको थियो । इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेष्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

गाजाको ‘क्रसिङ अथोरिटी’का प्रमुख हिशाम अद्वानले कुवेतबाट छ वटा एम्बुलेन्स पनि सोमबार गाजा प्रवेश गरेको जानकारी दिए। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved