ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

नेपाल भ्युज

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ । प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि बैंकमा कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले सीईओ भट्टको राजीनामा स्वीकृत गर्दै ढकाललाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

ढकाल ज्योति विकास बैंकमा मर्जर भएर मिसिएको हाम्रो विकास बैंकका तत्कालीन सीईओ समेत रहिसकेका छन् । उनले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved