सामान्य अंकले बढ्यो नेप्से, कारोबारमा रकममा देखियो सुधार  

नेपालभ्युज

सामान्य अंकले बढ्यो नेप्से, कारोबारमा रकममा देखियो सुधार  
प्रतीकात्मक तस्वीर

काठमाडौं । सोमबार नेप्से सामान्य अंकले बढेको छ । चाडपर्वका कारण लामो समय बन्द रहेको सेयर बजार आजबाट खुलेको हो । आज नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १८५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज २८४ कम्पनीको ४४ हजार ७ सय २७ पटकको कारोबारमा ३३ लाख १९ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ९९ करोड ३१ लाख रहेको छ ।

त्यस्तै आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा भने केही सुधार देखिएको छैन  आज ० दशमलव ५० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५६ दशमलव ५४ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved