रुकुमपूर्व पुगेर प्रचण्डले भने-पूर्वमाओवादी एक हुनुको विकल्प छैन, घनीभूत छलफल भइरहेको छ

नेपालभ्युज

रुकुमपूर्व पुगेर प्रचण्डले भने-पूर्वमाओवादी एक हुनुको विकल्प छैन, घनीभूत छलफल भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरु एक हुनुपर्ने बताएका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिद परिवारमाथिको न्यायका लागि भए पनि पूर्वमाओवादीहरु एक हुनुपर्ने बताएका हुन् ।

पटक–पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निरासा छाएको भन्दै उनले माओवादी फुटेपछि जनयुद्धमार्फत् प्राप्त उपलब्धि नै खतरामा परेको पनि बताए ।

देश विकास र सहिद परिवारमाथिको न्यायका लागि पूर्वमाओवादीहरु एक हुनुको विकल्पै नभएको उनको भनाइ छ । पछिल्लो समय विगतको जस्तो विभाजित नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिँदै उनले बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved