अम्बाको पातलाई उमालेर पानी पिउँदा हुन्छन् यस्ता समस्या कम

नेपाल भ्युज

अम्बाको पातलाई उमालेर पानी पिउँदा हुन्छन् यस्ता समस्या कम

एजेन्सी । यो त धेरैलाई थाहा भइसकेको कुरा हो अम्बा तथा त्यसको पात स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । तर अम्बाको पात पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनेर जाने पनि कस्तो फाइदा गर्छ धेरैलाई थाहा नहुन सक्छ । आज हामी यहाँ अम्बाको पातबाट कसरी फाइदा हुन्छ त्यसबारेमा जान्नेछौं ।

एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लामेटरी तथा एन्टीब्याक्टेरियल, भिटामिन सी आदि गुणले भरपूर अम्बाका पातको पानी हाम्रो स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । बिहान खाली पेट यस्ता पातहरुको पानी उमालेर पिउन सकिन्छ ।

अम्बाको पातको पानीले रगतलाई सफा गर्नुका साथै शरीरबाट खराब तथा टक्सिक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । यसलाई दैनिक सेवन गर्नाले शरीरमा भएको टक्सिन जति सबै बाहिर निस्कन्छ, जसले गर्दा छाला बेदाग तथा चम्किलो हुन्छ ।

अम्बाका पातहरुमा पाइने गुण मधुमेहका रोगीहरुका लागि पनि फाइदाजनक हुन्छ । यसलाई पानीमा उमालेर दैनिक रुपमा पिउने गरेमा रगतमा सुगरको मात्रा नियन्त्रणमा आउँछ ।

अम्बाको पातलाई दैनिक पानीमा उमालेर पिउनाले पाचन पनि सही रहन्छ । कब्जियत, पेट दुख्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

यो पानीले शरीरको मेटाबोलिज्म पनि सही हुन्छ जसले गर्दा क्यालोरी बर्न गर्न सहयोग प्राप्त हुन्छ । त्यसैले तौल कम गर्न चाहिरहनु भएको छ भने पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

अम्बाको पातको पानी पिउने गरेमा शरीरमा अक्सीजनको प्रवाह पनि राम्रो हुन्छ । यसले शरीरमा रगतको कमीको समस्या पनि कम हुन्छ र साथमा प्लेटलेट्स पनि बढ्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved