एजेन्सी । प्राय घरमा केही त्यस्ता घटना हुन थाल्छन्, जसले कैयौँ प्रकारका समस्याहरू हुन थाल्छन् । कैयौंपटक हामीले यसका पछाडिको कारण थाहा पाउन सक्दैनौँ ।
यसका पछाडि नकारात्मक ऊर्जा पनि हुन सक्छ । आउनुहोस् जानौँ घरमा नकारात्मक ऊर्जा भएको संकेत कसरी थाहा पाउने ।
यदि अचानक तपाईँको घरमा सामानहरू फुट्न थाले भने पनि यो नकारात्मक ऊर्जाको संकेत हुन्छ । घरमा विद्युतीय सामग्रीहरू पटक पटक बिग्रनु पनि यही संकेत हुन्छ ।
घरमा नकारात्मक ऊर्जाको बास हुँदा घरका सदस्यहरूको स्वास्थ्य खराब रहन थाल्छ । लामो समयसम्म उपचार गर्दा पनि ठिक हुँदैन ।
जुन घरमा नकारात्मक शक्तिको बास हुन्छ ती घरका मानिसहरू बिना कारण चिन्तित रहन थाल्छन् र तनाव तथा डिप्रेसनको स्थिति सिर्जना हुन सक्छ ।
नकारात्मक ऊर्जाको बास हुँदा यदि तपाईँ कुनै काम पूरा गर्ने इच्छा राख्नुहुन्छ भने पनि त्यो काम पूरा हुँदैन । सधैँ त्यो काममा कुनै न कुनै बाधा अड्चन आइपर्छ ।
दिमागमा पटक पटक नकारात्मक विचार आउनु तथा आफ्नो जीवनलाई समाप्त गर्ने बारेमा सोच्नु पनि नकारात्मक शक्तिको संकेत हो ।
यदि तपाईँ बिहान सुतेर उठ्दा तपाईँको मन बिना कारण भारी वा अशान्त रहन्छ भने पनि नकारात्मक ऊर्जाको संकेत मानिन्छ । त्यस्तै घरमा प्रवेश गरेपछि रुन मन लाग्छ भने पनि त्यो नकारात्मक ऊर्जाले हुन सक्छ ।
Facebook Comment
Comment