एजेन्सी । जाडोको मौसममा प्रायः बच्चाहरु निमोनियाको शिकार हुने गर्छन् । निमोनिया एक प्रकारको संक्रमण हो, जो सिधा फोक्सोमा असर पार्छ । यो विरामी बच्चा बाहेक बुढा तथा कमजोर रोगप्रतिरोधक क्षमता भएका मानिसलाई सजिलै लाग्ने गर्छ ।
निमोनियाले सिधै फोक्सोमा असर गर्ने भएकाले यस्तो समस्या भएमा स्वास फेर्न समस्या हुने तथा खोकी लाग्ने, चिसो हुने रुघाखोकी आदि हुने गर्छ । औषधी बाहेक यसबाट बच्न वा छिटो निको पार्न घरमै कस्ता उपाय अपनाउन सकिन्छ जानौं ।
बेसारको दुध
बेसारमा कैयौं गुणहरु हुन्छन् । यसमा करक्यूमिन नामक कम्पाउन्ड पाइन्छ । बेसारमा एन्टीइन्फ्लामेटरी, एन्टीअक्सीडेन्ट आदि गुणहरु पाइन्छन् । यसले निमोनियामा हुने छाती दुख्ने समस्याबाट निजात पाउन सकिन्छ । यस्तोमा तपाईं बेसार भएको दुध पिउन सक्नुहुन्छ ।
नुन पानी
जाडोमा नुन पानीले कुल्ला गर्नु पनि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा तपाईंको घाँटी सफा हुन्छ र खकार बाहिर सजिलोसँग निस्कन्छ ।
पुदिना चिया
कैयौं अध्ययनहरुबाट थाहा भएको कुरा पुदिना चियामा एन्टी इन्फ्लामेटरी प्रोपटिज भरपूर मात्रामा हुन्छ । पुदिनाले बनेको तातो चियाले दुखाई कम गर्न र घाँटीलाई सफा गर्ने गर्दछ ।
कफी
निमोनियामा कफीको सेवन पनि फाइदाजनक हुन्छ । यसमा हुने क्याफिनले तपाईंको नाक खोल्ने काम गर्छ । जसले गर्दा फोक्सोले सही तरिकाले काम गर्न सक्छन् ।
Facebook Comment
Comment