एजेन्सी । कयौं व्यक्तिले भनिरहेका हुन्छन् समयसँगै उनीहरुको छालाको रंग पनि दबिँदै गइरहेको छ । तर तपाईंलाई थाहा छ यस्तो कालोपनको पछाडिको कारण के हो ? खासगरी हामीले जे खान्छौं त्यसको सिधा असर अनुहारमा हुन्छ । यस्तोमा केही खानेकुरा हामीले छोड्नुपर्ने हुन्छ ।
हामी सबैले स्न्याक्सको समयमा चिप्स खान मन पराउँछौं तर यस्ता स्वादिष्ट चिप्स छालाका लागि हानिकारक हुन्छन् । चिप्समा नुनको मात्रा धेरै हुन्छ यसले छालामा सुन्निने प्रक्रिया बढाउँछ । जसले गर्दा छाला कालो हुन थाल्छ ।
चिनी खानु हाम्रो स्वास्थ्यसँगै छालाका लागि पनि खतरनाक हुन सक्छ । यसले अनुहारलाई प्राकृतिक रंगभन्दा कालो बनाउँछ । यसले शरीरमा चिनीको मात्रा बढ्छ जसले कोलेजनलाई नोक्सान पु¥याउँछ ।
त्यसो त मसालेदार खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर यो छालाका लागि पनि उत्तिकै हानिकारक हुन्छ । यसले शरीरको तापमान बढ्न थाल्छ । जसले गर्दा रक्तकोषिकाहरु फैलिन थाल्छन् र तपाईंको अनुहार कालो देखिन थाल्छ ।
कफी पिउन पनि धेरै मानिसलाई मन पर्छ । कफीमा क्याफिनको मात्रा हुन्छ जसले स्ट्रेसको मात्रा बढ्न थाल्छ र अनुहार कालो देखिन्छ ।
केही व्यक्तिले नास्तामा दैनिक रुपमा ब्रेड खाने गर्छन् तर यो ब्रेडले पनि छालाको रंगलाई कालो बनाउँछ । ब्रेडको सेवन गर्दा तपाईंको शरीरमा इन्सुलिनको मात्रा बढ्छ जसले छालाबाट धेरै तैलीय पदार्थ निस्कन्छ र अनुहार कालो देखिन थाल्छ ।
Facebook Comment
Comment