एजेन्सी । जाडोको मौसममा गरिने केही नराम्रो बानीले छालालाई नोक्सान पुर्याउन सक्छ । यस्तोमा तपाईँले यस्ता बानी तथा जीवनशैलीमा केही परिवर्तन गर्नुपर्ने हुन्छ ।
हाम्रो खराब जीवनशैलीले गर्दा छाला समय भन्दा अगाडि नै बुढो देखिन्छ । अनुहारमा चाउरीपना आउने, छाला मरेको जस्तो देखिने, कपाल झर्ने तथा सेतो कपाल आउने आदि समस्या हुन्छन् ।
यदि समय अगाडि नै बुजुर्ग देखि चाहनुहुन्न भने तपाईँले आफ्नो गुलियो खाने क्रेविंगलाई कम गर्नु पर्दछ । गुलियो खानाले मधुमेहको खतरा बढ्छ । यसबाहेक तौल बढ्न थाल्छ र छाला सम्बन्धी समस्या पनि हुन्छन् ।
यदि छालामा चमक चाहनुहुन्छ भने पर्याप्त मात्रामा पानी जरुर पिउनुहोस् । यसले डिहाइड्रेशनको समस्या हुँदैन । पानीले शरीरमा सम्पूर्ण खराब तत्त्व बाहिर निकाल्छ ।
यदि तपाईँ रातमा सुत्न पाउनुहुन्न वा सक्नुहुन्न भने पनि यसको असर छालामा पर्न सक्छ । कम उमेरमै बुढोपन आउनुका पछाडि यसको मुख्य कारण निद्राको कमीले पनि हुने गर्छ । त्यसैले सकेसम्म निद्रा पूर्ण रुपमा लिने कोसिस गर्नुहोस् ।
यदि तपाईँ दिनभर बसिरहनुहुन्छ वा पल्टिरहनु हुन्छ भने पनि यो स्वास्थ्यका लागि हानिकारक कुरा हो । त्यसैले दिनको समयमा पनि स्ट्रेचिङ, हिँडडुल गर्ने, भर्याङ चढ्ने आदि गरेर शरीरलाई क्रियाशील राख्न सक्नुहुन्छ ।
त्यस्तै जंकफुडको सेवन पनि स्वादका लागि मिठो तर स्वास्थ्यका लागि एकदमै खतरनाक हुन्छ । यस्तोमा जंकफुडको सेवन गर्नबाट बच्नुहोस् ।
Facebook Comment
Comment