तिहारको स्वागतमा फक्रिएका सयपत्री (तस्वीरहरू)

आदिकालमा मेक्सिकोका पहाडी जंगलहरूमा आफैं उम्रेका सयपत्री फूल अहिले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको एक महत्त्वपूर्ण हिस्सा बनेको छ।

तिहारको स्वागतमा फक्रिएका सयपत्री (तस्वीरहरू)

काठमाडौं । आदिकालमा मेक्सिकोका पहाडी जंगलहरूमा आफैं उम्रेका सयपत्री फूल अहिले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको एक महत्त्वपूर्ण हिस्सा बनेको छ।

नेपालको रैथाने प्रजाति नभएता पनि यस फूलले वर्षौदेखि तिहारमा महत्वपूर्ण स्थान लिँदै आइरहेको छ ।

मेक्सिको तथा मध्यअमेरिकाको यो जंगली फूल, मध्यपूर्वी एसिया हुँदै दक्षिण एसिया भित्रियो । नेपालमा भने १७ औं शताब्दीको मध्यतिर सयपत्री भित्रिएको अनुमान गरिन्छ । यो फूल प्रायः पारिलो घाम लाग्ने, पानी नजम्ने र प्रांगारिक पदार्थ बढी हुने स्थानमा राम्रो संग फुल्ने गर्दछ।

अहिले काठमाडौं उपत्यकाको इचंगु, बतासेडाँडा, गुण्डु, सुन्ताखान लगायतका क्षेत्रमा यो फूलको व्यवसायिक खेती हुने गरेको छ।

यसपालिको तिहारमा सरकारले भारतीय सयपत्री भित्रन नदिने भएको छ। यस निर्णयसंगै आफ्नो उत्पादनले बजार पाउनेमा नेपाली किसानहरु आशावादी छन्।

यसपालि फूलको आकारप्रकार हेरेर प्रतिपाथी १०० देखि १५० रुपैयाँमा थोक बिक्री भइरहेको किसानहरु बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved