स्तनपानसँग जोडिएका केही मिथक

नेपालभ्युज

स्तनपानसँग जोडिएका केही मिथक

एजेन्सी । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुरा छन् जसलाई धेरै महिलाले सजिलै विश्वास गर्दछन् ।

आज जानौँ स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन ।

आमाको दूधमा शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि रोगसँग बच्चाको सुरक्षा गर्छ । कतिपयलाई यो दुधले मात्र पुग्दैन वा आमाको दुधमा मात्र पोषण पुग्दैन भन्ने लाग्छ ।

आमाले खाएको खानेकुरा दूधको माध्यमबाट सिधै बच्चामा जान्छ भन्ने धेरैले विश्वास गर्छन् । यो पूर्ण रूपमा सत्य छैन, स्तनपान एउटा हर्मोनल प्रक्रिया हो ।

स्तनपानको समयमा औषधि सेवन गर्नाले बच्चाको स्वास्थ्यमा कुनै पनि सम्बन्ध हुँदैन । यदि डाक्टरले स्तनपान गरिरहेका महिलालाई कुनै औषधि खान भनेका छन् भने नियमित रूपमा खानुपर्छ ।

कुनै पनि रोग लाग्दैमा स्तनपान गराउनु हुँदैन भन्ने खालको भ्रमलाई पनि आमाहरूले स्विकार्छन् । जबकि यो कस्तो रोग हो त्यसमा भर पर्छ । यदि डाक्टरले स्तनपान नगराउन भनेमा मात्र गराउनु हुँदैछ ।

यो कुरामा पनि कुनै सत्यता छैन कि बच्चालाई स्तनपान गराइरहेको बेला आमाले एकदमै सादा खाना मात्र खानुपर्छ । हरेक खालको खाना खायो भने बच्चालाई पनि भरपुर पोषण प्राप्त हुन्छ ।

यदि स्तनपानका क्रममा दुखाई महसुस हुन्छ भने यो गलत तरिकाले दूध खुवाउने तरिकाले हुन सक्छ । यस्तो अवस्थामा विशेषज्ञबाट सल्लाह लिनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved