एजेन्सी । पेट फुल्नुको पछाडि कैयौं कारणहरु हुन सक्छन् ।
कतिपय अवस्थामा धेरै भिटामिन, आइरन, माइक्रो न्यूट्रियशन तथा एन्टीअक्सीडेन्ट्स भएका खानाले पनि वाकवाकी तथा पेट फुल्लिने समस्या हुन सक्छ ।
आउनुहोस् जानौं त्यस्तै केही फलहरुका बारेमा जसको सेवनले पेट फुल्ने समस्या हुन सक्छ ।
स्याउ खानाले पनि केही व्यक्तिमा पेट फुल्ने समस्या हुन सक्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट हुन्छ जो वाकवाकी तथा पेट फुल्ने कारण बन्न सक्छ ।
नासपतिमा पनि भरपूर मात्रामा फाइबर हुनुका साथै सोर्बिटोलको मात्रा पनि हुन्छ जसको अत्यधिक सेवनले पेट फुल्ने समस्या बढ्छ ।
तरबुज फुट्रोसले भरपूर हुन्छ जसले शरीर सुन्निने समस्या ल्याउँछ । यसको अत्यधिक सेवनले पेट फुल्ने समस्या पनि हुन सक्छ ।
एन्टीअक्सीडेन्टले भरपूर बेरिजहरु पनि धेरै सेवन गरेमा यस्तो समस्या देखिन सक्छ । यसको धेरै सेवनले पेट दुख्ने समस्या हुन्छ ।
आँप एकदमै गर्मी फल हो त्यसैले यसको अत्यधिक सेवनले पेट दुख्ने, ग्यास तथा फुल्ने समस्या हुन सक्छ ।
कतिपयले फलफूलको ठाउँमा ड्राई फ्रुट्स धेरै खाने गर्छन् । यसको पनि अत्यधिक सेवनले पेट फुल्ने समस्या हुन्छ ।
Facebook Comment
Comment