इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना बढ्यो

नेपालभ्युज

इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना बढ्यो

काठमाडौं । इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पारेको छ । बुधबार पुणेमा भएको खेलमा  इंग्ल्याण्डको यो जितसँगै च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना बढेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सार्वधिक ४१ रन बनाए भने कप्तान स्कट एडवार्डस्ले ३८ तथा साईब्रान्ड एन्जेलबर्चले ३३ रन जोडे ।

इंग्ल्याण्डका लागि मोइन अली र आदिल रसिदले ३–३ विकेट लिए भने डेभिड विलीले दुई तथा क्रिस वोक्सले १ विकेट लिए । ओपनर डेविड मलानले ७४ बलमा ८७ रनको योगदान दिए ।

नेदरल्याण्ड्सका लागि बास डी लिडेले ३ तथा लोगन भान विक र पाउन भान मेकेरेनले २–२ विकेट लिए ।

प्रतियोगितामा इंग्ल्याण्डको मात्र दोस्रो जीत हो । ८ खेलपछि इंग्ल्याण्डको ४ अंक रहेको छ भने  नेदरल्याण्ड्स  अंक तालिकामा पुछारमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved