मुलाको सागमा लुकेको छ भरपूर पोषण

नेपालभ्युज

मुलाको सागमा लुकेको छ भरपूर पोषण

एजेन्सी । मुला त्यस्तो तरकारीमा पर्छ जसलाई दैनिक जसो हरेक भान्सामा सेवन गरिन्छ । यसलाई तरकारीको रुपमा खानुका साथै सलादको रुपमा पनि अत्यधिक प्रयोग गरिन्छ ।

प्रायः हामीले मुलाको प्रयोग गर्छौं तर त्यसको सागलाई फाल्ने गर्छौं । तर मुलाको पातमा पनि पोषण तत्वहरु लुकेको छ भन्ने थाहा पाउनु भयो भने दैनिक रुपमा मुलासँगै त्यसको पातको पनि सेवन गर्नुहुनेछ ।

मुलाको पातमा भिटामिन ए, बी १, बी ६, सी, फोलिक एसिड, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटाशियम, आइरन जस्ता पोषण तत्व पाइन्छ । भिटामिन सीले भरपूर हुने भएकाले यो  खाँदा इम्यूनिटी बुस्ट हुन्छ । यसलाई तपाईं साग जसरी सेवन गर्न सक्नुहुन्छ । वा यो सलादकै रुपमा पनि खान स्वादिलो हुन्छ ।

मुलाको पातमा आइरनको मात्रा पनि उच्च हुने भएकाले रगतको कमीको समस्या कम गर्न सहयोगी हुन्छ । यसमा क्यालोरी कम हुने भएकाले सलादको रुपमा खान सकिन्छ । जसले तपाईंको तौल पनि बढ्न दिँदैन । यदि तपाईं तौल कम गरिरहनु भएको छ भने यसलाई सलादमा मिसाएर सेवन गर्नुहोस् ।

फाइबरको मात्रा पनि अत्यधिक हुने भएकाले यसलाई तपाईं तरकारी, साग आदिको रुपमा सेवन गर्न सक्नुहुन्छ । यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ । भिटामिन ए, सी, बी आदि पाइने भएकाले मुलाको पात रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोगी हुन्छ ।

भिटामिन ए पाइने भएकाले मुलाको पातको सेवन आँखाका लागि पनि फाइदाजनक छ । यसलाई फाल्नुको साटो सलाद, साग, तरकारी आदिमा सेवन गर्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved