बच्चाका यी गलत बानीले पछि गएर हुन्छ ठूलो समस्या

नेपालभ्युज

बच्चाका यी गलत बानीले पछि गएर हुन्छ ठूलो समस्या

एजेन्सी । प्राय अभिभावकको चिन्ता बच्चाले के गरिरहेको छ भन्ने हुन्छ । आउनुहोस् जानौँ बच्चाका कस्ता बानीलाई नराम्रो भनिन्छ ।

बच्चाका केही त्यस्ता बानी हुन्छन् जसको प्रभाव भविष्यमा उनीहरूको करिअरमा पनि पर्न सक्छ । यस्ता बानीहरूलाई समयमै चिन्नुपर्दछ ।

सामान लुकाउने
यदि तपाईँको बच्चाले केही चिजहरू लुकाउँछ भने यो नराम्रो बानी हो । यो बानी अगाडि गएर खतरनाक पनि हुन सक्छ ।

नपढ्नु
बच्चाको पढाइमा मनै लाग्दैन र अल्छीपना देखाउनु पनि नराम्रो बानी हो । यसले उनीहरूलाई क्षमता नभएको भन्ने दर्साउँछ ।

बानी व्यवहार परिवर्तन
यदि तपाईँको बच्चा अचानक चुप लाग्ने वा कुरै नगर्ने हुन्छ भने पनि उसको विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

जवाफ दिनु
यदि बच्चाले हरेक कुराको जवाफ दिन थाल्छ भने पनि त्यसलाई गम्भीरतापूर्वक लिनु पर्दछ । यदि यस्तो बानीलाई समयमै रोकिएन भने यो नराम्रो बानी बन्दै जान्छ ।

कुरा लगाउनु
साना बच्चाहरू एकदमै राम्रा हुन्छन् । तर पनि यदि कोही बच्चाले कुरा लगाउँछ भने उसलाई सम्झाउनु पर्दछ । यस्तो बानीले अगाडि गएर करिअरमा समेत नराम्रो प्रभाव पार्न सक्छ ।

सम्मान नगर्नु
कैयौंपटक बच्चाहरूको घरमा आफू भन्दा ठूला व्यक्तिसँग पनि सम्मानजनक कुरा नगर्ने बानी हुन्छ । त्यस्तो बानीप्रति पनि विशेष ध्यान दिएर समयमै सुधार गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved