भूकम्पपीडितलाई सूर्य नेपालको १ करोड ४० लाख

नेपालभ्युज

भूकम्पपीडितलाई सूर्य नेपालको १ करोड ४० लाख

काठमाडौं  । सूर्य नेपाल प्रालिले भूकम्पपीडितको तत्काल उद्धार, राहत तथा पीडितको पुनःस्थापनामा सघाउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

१ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, भाइस प्रेसिडेन्ट रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्यांकेट जाजरकोट पठाइसकेको छ । ५ लाख बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved