आँखाको वरिपरि जमेको कोलेस्ट्रोल हटाउने घरेलु उपाय

नेपालभ्युज

आँखाको वरिपरि जमेको कोलेस्ट्रोल हटाउने घरेलु उपाय

एजेन्सी । कोलेस्ट्रोल बढ्दै जाँदा आँखाको वरिपरि पहेंलो रंगको बोसो जम्दै जान्छ । जसले गर्दा अनुहार नै एकदमै भद्दा देखिन थाल्छ । यस्तो कोलेस्ट्रोलको दाग हटाउन केही घरेलु उपाय पनि गर्न सकिन्छ ।

आँखाको वरपर जमेको कोलेस्ट्रोललाई हटाउन प्याजको रसको प्रयोग गर्नुहोस् । यसका लागि एउटा प्याजलाई काट्नुहोस् र त्यसलाई राम्रोसँग पिस्नुहोस् । अब रातमा यसको रसमा नुन मिसाएर बिहान उठेर आँखाको वरिपरि लगाउने ।

कोलेस्ट्रोल हटाउनका लागि एप्पल साइडर भेनेगरको पनि प्रयोग गर्न सकिन्छ । यसका लागि रुईको एउटा टुक्रालाई भेनेगरमा राख्ने र यसलाई उक्त कोलेस्ट्रोल भएको भागमा लगाउने त्यसपछि दुईघण्टा पछि आँखालाइ सफा राख्नुहोस् ।

आँखामा जमेको कोलेस्ट्रोलबाट छुट्कारा पाउनका लागि एक चम्चा जैतुनको तेलमा रुई भिजाएर वरिपरि लगाउने । यो प्रक्रियालाई दिनमा चारपटक गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved