भारतीय टेलिभिजनका चर्चित अभिनेत्री जो एकल आमा हुन्

नेपालभ्युज

भारतीय टेलिभिजनका चर्चित अभिनेत्री जो एकल आमा हुन्

एजेन्सी । सिने जगतमा सम्बन्ध बन्ने र बिग्रने आम कुरा भइसकेको छ । त्यस्तै कतिपय भारतीय टेलिभिजनका चर्चित अभिनेत्री छन् जो ‘सिंगल मदर’ अर्थात एकल आमा भएर छोराछोरी हुर्काइरहेका पनि छन् । जसका बारेमा यहाँ चर्चा गरिनेछ ।

राजीव सेनसँग सम्बन्धविच्छेद गरेपछि चारु आसोपा छोरी जियानासँग अलग भइसकेकी थिइन् । त्यस्तै अर्की अभिनेत्री श्वेता तिवारीले छोरी पलक तथा छोरा रेहानलाई एक्लै पालिरहेकी छन् । उनका दुई वटा श्रीमानसँग सम्बन्धविच्छेद भइसकेको छ ।

अर्की अभिनेत्री शुभांगीले आफ्नी छोरी आशीसँग धेरै लामो समयदेखि अलग बस्न थालेकी हुन् । त्यस्तै कुमकुम सीरियलकी चर्चित अभिनेत्री जुही परमार आफ्नी छोरी समायराको आफैले नै ख्याल गर्ने गर्छिन् ।

कोमोलिका उर्फ उर्वशी पनि छोराहरु क्षीतिज र सागरकी एक्ली आमा हुन् । वैवाहिक सम्बन्ध बिग्रिएपछि चाहत खन्नाले पनि आफ्नी छोरीलाई एक्लै सम्हालिरहेकी छन् ।

एक्ली आमा साक्षी तन्वरले छोरी दित्यालाई अपनाएकी छन् । टेलिभिजनकी रानी एकता कपूरले पनि एक्लै आफ्नो सरोगेट छोरो रविलाई हुर्काउने गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved