बिग बोस १७ मा को छ सबैभन्दा कान्छो सदस्य ? जान्नुहोस् सबैको उमेर

नेपालभ्युज

बिग बोस १७ मा को छ सबैभन्दा कान्छो सदस्य ? जान्नुहोस् सबैको उमेर

एजेन्सी । त्यसो त बिग बोस शो मा युवा तथा वयस्क सबै उमेर समूहका सहभागी हुने गर्छन् । त्यसमा पनि कतिपय अधवैंशे उमेरका हुन्छन् भने कतिपय युवा हुन्छन् । अहिलेको बिग बोस १७ मा सबैभन्दा कान्छो को छ र कसको उमेर कति छ जानौं ।

बिग बोस १७ का प्रतियोगी अभिषेक कुमार २८ वर्षका हुन् र उनी बिग बोस सम्म पुग्न सफल छन् । त्यस्तै चर्चित टेलिभिजन कलाकार अंकिता लोखंडे ३९ वर्षकी छन् भने उनका श्रीमान विक्की जैन ३७ वर्षका हुन् ।

बिग बोस १७ का अर्का प्रतियोगी अनुराग डोभाल २६ वर्षका छन् । त्यस्तै खानजादी २७ वर्षकी भइसकेकी छन् । यस सिजनकी कान्छी सदस्य ईशा मालवीयले भने आफ्नो २०औं जन्मदिन नै बिग बोस १७ भित्र मनाएकी छन् ।

त्यस्तै नील भट्ट ३६ वर्षका हुन् भने उनी श्रीमती ऐश्वर्या शर्मा ३१ वर्षकी भएकी छन् । अर्की प्रतियोगी सना रईस खान ३२ वर्षकी चर्चित वकिल हुन् । त्यस्तै तीन दशक काटिसकेका सनी आर्य ३२ वर्ष पूरा भएका छन् ।

प्रियंका चोपडाकी बहिनी मन्नारा चोपडा पनि ३२ वर्षकी भइसकेकी छन् । अर्का ३० वर्ष काटिसकेका प्रतियोगी छन् मुनव्वर फारुकी । उनले शो मा कविताहरु गाइरहेका हुन्छन् । यसरी अहिलेसम्मकी धेरै उमेर भएकी सदस्य अंकिता लोखन्डे छन् भने कान्छी सदस्य ईशा मालवीय देखिन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved