भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमको २५ लाख सहयोग

नेपालभ्युज

भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमको २५ लाख सहयोग

काठमाडौं । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले  २५ लाख सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा आइतबार बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

उक्त बैठकले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । जाजरकोट भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना उक्त बैठकले गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved