ब्रोम्दिङको ब्राण्डिङ (तस्वीरहरू)

ब्रोम्दिङको ब्राण्डिङ (तस्वीरहरू)

धादिङ। जिल्लाको नयाँ पर्यटकीय गन्तव्य ब्रोम्दिङको ब्राण्डिङ र एक्सप्लोर गर्दै ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ बुधबार सम्पन्न भएको छ।

समुन्द्री सतहबाट २०८० मिटरको उचाईमा रहेको प्राकृतिक सुन्दरता र अलौकिक बनावट तथा दृश्यले भरिपूर्ण ब्रोम्दिङ डाँडामा पर्यटन महोत्सवको आयोजना गर्दै ब्रोम्दिङको ‘ब्राण्डिङ’ र ‘एक्सप्लोर’ गरिएको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपले संयुक्त रुपमा आयोजना गरेको ब्रोम्दिङ पर्यटन महोत्सवमा दोलका–रामेछापको शैलुङ र मकवानपुरको दामनको जस्तै विशेषता भएको ब्रोम्दिङ, पर्यटकका लागि नयाँ र भर्जिन गन्तव्य घोषणा गरिएको हो।

महोत्सव आयोजना गरेसंगै ब्रोम्दिङमा आन्तरिक एवम् बाह्य पर्यटकको चहलपहल बढ्ने आयोजकको विश्वास छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved