रुकुम पश्चिमबाट काठमाडौं ल्याइएका दुई घाइतेको अवस्था गम्भीर

नेपालभ्युज

रुकुम पश्चिमबाट काठमाडौं ल्याइएका दुई घाइतेको अवस्था गम्भीर

काठमाडौं। भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमका ७ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

‘एक जना गर्भवती छिन् । अर्को एक जनाको घाँटीको हड्डीमा समस्या देखिएको छ। अस्पताल सुरुमा सबै ७ जनालाई रेड जोनमा राखेर उपचार गरिएको थियो । थप उपचारपछि अहिले भने तीन जनालाई मात्र रेड जोनमा राखेर उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved