यी हुन् काठमाडौं ल्याइएका भुकम्पका घाइतेहरु

नेपालभ्युज

यी हुन् काठमाडौं ल्याइएका भुकम्पका घाइतेहरु

काठमाडौं । शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ म्याग्निच्यूटको भुकम्पमा परी घाइते भएका ८ जनालाई त्रि.वि. शिक्षण अस्पतालमा ल्याइएको छ ।

उनिहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शनिबार अस्पताल ल्याइएको हो । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा लाने क्रम जारी छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको छ ।  भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

यस्तो छ घाइतेको विवरण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved