एजेन्सी । यूरिक एसिड कैयौं समस्याहरुले गर्दा बढ्ने गर्छ । केही खानाले रगतमा युरिक एसिड बढाउने काम पनि गर्छन् । आउनुहोस् जानौं यूरिक एसिड बढाउने केही खानाका बारेमा ।
यदी तपाईंलाई उच्च यूरिक एसिडको समस्या छ भने यस्तोमा अमिलो फलहरु जस्तै कागती, सुन्तला आदि जस्ता फलहरुको सेवन गर्नबाट बच्नुहोस् । यस्तो फलहरुलाई खाँदा यूरिक एसिडको मात्रा बढ्न सक्छ ।
यूरिनयुक्त खाद्य सामग्री जस्तै माछा आदिले पनि शरीरमा यूरिक एसिडको स्तर बढाउन सक्छ । यदी तपाईंलाई उच्च मात्रामा यूरिक एसिड छ भने यस्तो खानबाट पनि बच्नुपर्छ ।
मिठाईमा फ्रुक्टोजको मात्रा हुन्छ, जसले शरीरमा यूरिक एसिडको स्तरलाई बढाउन सक्छ । यसमा पाइने फ्रुक्टोज शरीरमा यूरिक एसिडको रुपमा जम्मा हुन थाल्छ ।
रक्सी पिउनु किड्नी र लिवरसँग जोडिएका समस्याहरु निम्त्याउनु हो । साथमा यसको अत्यधिक सेवनले यूरिक एसिडको खतरा पनि बढ्छ । यो पिउँदा रगतमा यूरिक एसिडको मात्रामा बढ्न सक्छ ।
त्यस्तै उच्च युरिक एसिडको समस्या भएको बेला रातो मासु खानु पनि नोक्सानदायक हुन सक्छ । यसलाई खाँदा शरीरमा यूरिक एसिडको मात्रा बढ्न सक्छ । गुलियो खानेकुराहरु पनि युरिक एसिडको समस्यामा धेरै सेवन गर्नु नोक्सानदायक हुन्छ । प्रसोधित गुलियोले युरिक एसिड बढाउने काम गर्छ ।
Facebook Comment
Comment